दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा.शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
यसअघि विशेष अदालतले अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै साहलाई दोषी ठहर गरेको थियो भने सुशीलाकुमारी साहको नाममा भएको देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो । विशेष अदालतले २०७५ पुस मा उनीहरूलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर्याएको थियो ।
उनले ६८ लाख २४ हजार रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।
विशेष अदालतको उक्त फैसलाउपर साहले २०७६ असार २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । साहले संस्थानको टेक्निकल अफिसर पददेखि प्रबन्धक पदसम्म बहाल रहँदा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्दै अख्तियारले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
साहले पदमा रहँदा झन्डै दुई करोड ३८ लाख ६८ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको थियो । ‘साहले पेस गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन १ करोड ४४ लाख ९७ हजार १ सय ३४ रुपैयाँ छ,’ अख्तियारले गरेको अभियोग पत्रमा भनिएको छ ‘आम्दानीको तुलनामा खर्च वा लगानी गरेको रकम ३ करोड ८३ लाख ६५ हजार १ सय ६४ रुपैयाँ छ ।’ प्रबन्ध निर्देशक साहले पेस गरेको सम्पत्ति विवरण, आम्दानी र उनको हालको सम्पत्तिको विवरणबिच तालमेल नदेखिएको अभियोग पत्रमा उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण