बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘माइकल’ बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक

बुधबार, १७ असार २०८३, १५ : ०९
बुधबार, १७ असार २०८३

सारांश

  • दिवंगत पप सम्राट माइकल ज्याक्सनको जीवनीमा आधारित फिल्म 'माइकल' इतिहासकै सर्वाधिक कमाइ गर्ने बायोपिक बनेको छ ।
  • रिलिज भएको दुई महिनामा विश्वभर ९७ करोड ७० लाख डलर कमाएर यस फिल्मले 'ओपनहेइमर'को कीर्तिमान तोडेको हो ।
  • फिल्मले अमेरिकामा मात्रै ३७ करोड डलर आम्दानी गरेको छ र यससँगै लायन्सगेटको घरेलु बजारमा तेस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।

लस एञ्जलस । दिवंगत पप सम्राट माइकल ज्याक्सनको जीवनीमा आधारित फिल्म माइकलले इतिहासकै सर्वाधिक कमाइ गर्ने जीवनीमा आधारित (बायोपिक) फिल्म बनेको छ । 

रिलिज भएको दुई महिनामा विश्वभरको बक्स अफिसमा ९७ कोड ७० लाख डलर कमाएर फिल्मले ओपनहेइमरको कीर्तिमान तोडेको हो । क्रिस्टोफर नोलनको निर्देशनमा बनेको अस्कर विजेता फिल्म ओपेनहाइमरले करिब ९६ कोड ५० लाख डलर कमाएर बायोपिक फिल्ममध्ये सबैभन्दा बढी कमाइ गर्ने कीर्तिमान बनाएको थियो ।

एन्टोनी फुकाको निर्देशनमा बनेको माइकलमा पप सम्राट माइकलको भूमिका उनका भतिजा जाफर ज्याक्सनले निभाएका छन् । फिल्मले अप्रिलमा प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरबाट २१७ मिलियन अमेरिकी डलर कमाउँदै अर्काे कीर्तिमान बनाएको थियो ।

 त्यसयता फिल्मले दैनिक १० लाख डलरभन्दा बढी कमाइ गर्दै अमेरिकामा मात्रै हालसम्म ३७ करोड डलर आम्दानी गरेको छ । यससँगै द हङ्गर गेम्स र द हङ्गर गेम्स क्याचिङ फायर माइकल लायन्सगेटको घरेलु बजारमा तेस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।

फिल्ममा माइकल ज्याक्सनको बाल्यकाल, उनका दाजुभाइसँगको ज्याक्सन फाइभ समूहको यात्रा तथा सन १९८८ को ब्याड टूरसम्मको जीवनयात्रालाई समेटिएको छ । 

तर फिल्मले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । विशेषगरी माइकल ज्याक्सनमाथि लागेका बाल यौन दुव्र्यवहारसम्बन्धी आरोपलाई कथामा समावेश नगरिएको भन्दै आलोचना पनि भएको छ । फिल्मको सफलतासँगै माइकल ज्याक्सनका गीतप्रति पनि दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप