विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य पहिचान गर्नुपर्ने बताएका छन् ।
बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उहाँले संविधान संशोधन गर्नै नसकिने दस्तावेज नभएको तर संशोधनले मुलुकलाई सुदृढीकरणतर्फ लैजान्छ कि पश्चगमनतर्फ भन्ने विषय महत्त्वपूर्ण हुने बताएका हुन् ।
उनले पूर्वसांसद मञ्च अनुभव, ज्ञान र समृद्धिको फ्याक्ट्री भएको समेत बताए । नेपालको राजनीतिक प्रक्रियालाई सही दिशामा अघि बढाउन पूर्वसांसद मञ्चले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने समेत जिकिर गरे ।
राष्ट्रिय एकताको संरक्षण र प्रवद्र्धनलाई संस्थाको प्रमुख दायित्वका रूपमा उल्लेख गर्दै नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिको संरक्षण, संवद्र्धन र सुदृढीकरणमा लाग्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘यो संस्थाको लागि देशको एकता राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी पनि छन् । सबैभन्दा मुख्य कुरा भनेको राष्ट्रिय एकता नै हो । एकता कायम गरिसकेपछि नेपाली जनताले वर्षौँ संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुको संरक्षण, संवद्र्धन र त्यसको सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि छ। संविधान संशोधन हुँदै नहुने दस्तावेज होइन । त्यो संशोधनले देशलाई सुदृढतातिर लैजान्छ की पश्चगमनतिर लैजान्छ, त्यसको नियत पहिला खुट्याउन जरुरी छ ।’
उनले लोकतान्त्रिक व्यवस्था र संविधान नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धी भएको उल्लेख गर्दै संविधान र व्यवस्थाको रक्षाका लागि सबै सहज हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
-
मेडिकल कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने फैसलाप्रति डा. गोविन्द केसीको आपत्ति
-
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
-
एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण