बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
समाचार

बालबालिकालाई पार्टी सदस्यता वितरण भए/नभएको जानकारी गराउन रास्वपालाई आयाेगकाे पत्र

बुधबार, १७ असार २०८३, १५ : ०१
बुधबार, १७ असार २०८३

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पत्राचार गरेको छ।

रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनी  जानकारी प्राप्त भएपछि आयोगले यसबारे विस्तृत जानकारी उपलब्ध गराउन भनेको हो। 

बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा सङ्गठित गरेको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार अनुरोध गरिएको छ।’  

NHRC Nepal Press Note 2083-3-17_page-0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप