ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग खेल्ने काम नगर्नुस्
आइतबार, ०३ साउन २०७८, १९ : ५०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् ।
आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिएका हुन् ।
केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताएका हुन् । उनले भने, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी खरिद प्रकरणमा जर्मन सरकारले ‘कटुतापूर्ण’ प्रतिक्रिया दिएको छैन : परराष्ट्रमन्त्री
-
‘माइकल’ बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक
-
विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल
-
‘मन विनाको धन २’मा विपिनको इन्ट्री
-
दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
‘सरकारले गरिब नागरिकलाई पीडा मात्रै दियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण