शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'अभागीलाई खाने बेलामा रिस उठ्यो' भन्दै बाबुरामको महन्थलाई व्यङ्ग्य

आइतबार, ०३ साउन २०७८, २० : २७
आइतबार, ०३ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अभागीलाई खाने बेलामा रिस उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरलाई व्यङ्ग्य गरेका छन् । ठाकुरले अन्तिम समयमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि विगतमा केपी ओलीलाई समर्थन गरेर समस्या निम्त्याएको भट्टराईको भनाइ थियो । 

प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा महन्थ ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एक ढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख भोग्नै पर्दैनथ्यो । अरू पार्टीभित्र पनि विग्रह आउँदैनथ्यो । जसपा आफैले निकास दिन सक्थ्यो । तर हामीलाई खाने बेलामा रिस उठ्यो ।’ ठाकुरकै कारणले अहिलेको अवस्था आएको समेत भट्टराईको सङ्केत थियो । 

उनले पार्टीभित्र आपसमा झगडा हुन थाल्नु बिडम्बडापूर्ण भएको भन्दै अहिले फेरि अन्तिम समयमा देउवालाई विश्वासको मत लिन लागेको सुन्दा खुसी लागेको बताए । 

भट्टराईले प्रतिगमनकारीहरूको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको पनि बताएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुन सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए । 

‘प्रतिगमनकारीहरूको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौँ, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने । 

भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढङ्गले व्याख्या गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप