रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा
आइतबार, ०३ साउन २०७८, २१ : २७
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’
यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए । अदालतका आफ्नो कुरा छ । अदालतमा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो कुरा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण