शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खानेपानी योजनाको रकम निकासा गरी अध्यक्ष फरार

शुक्रबार, ०९ असार २०७४, २० : ३७
शुक्रबार, ०९ असार २०७४

हेमन्त केसी 

जाजरकोट– तीनलाख पेश्की रकम निकासा गरेर बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ठेम्नी मेला खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष फरार भएका छन् । आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने भनेर निकासा गरेको पेश्की रकमसहित अध्यक्ष फरार भएका हुन् । 

संसद विकास कोषवाट १० लाखमा आयोजना सम्पन्न गर्न बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ठेम्नी मेला खानेपानी आयोजना उपभोक्ता समितिले जिल्ला समन्वय समिति, जाजरकोटसँग एक महिनाअघि सम्झौता गरेको थियो । आयोजना निर्माणका लागि कार्यालयसँग सम्झौता गरिसकेको उपभोक्ता समितिलाई तीनलाख पेश्की रकम निकासा दिएको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । 

आयोजनाको निर्माण कार्य सम्पन्न गर्न भनेर तीन लाख पेश्की रकम निकालेका उपभोक्ता समितिका अध्यक्ष जसवीर रावत हालसम्म फरार रहेको बारेकोट गाउँपालीका–४ जिरीका विष्णुबहादुर रावतले जानकारी दिए । 

तीनलाख पेश्की रकम निकालेर हाल सम्म फरार अबस्थामा रहेका ठेम्नी मेला खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष जसवीर रावत सहित खाता सञ्चालनमा रहेका समितिका अन्य पदाधिकारीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसँग अनुरोध गरिसकेको स्थानीय विकास अधिकारी पण्डितको भनाई छ ।

उपभोक्ता समितिको खातावाट तीनलाख रुपैया निकालेर हालसम्म सम्पर्कबिहिन रावत कालापहाड पुगेको भन्ने बुझिएको स्थानिय विकास अधिकारीले वताए । 
बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ठेम्नी मेला खानेपानी आयोजना छनोट गर्नुमा कर्मचारी तथा जनप्रतिनिधिहरु दोषी नरहेको पण्तिड बताउँछन् । 

बिष्णुबहादुर रावत अध्यक्ष रहेको अर्को उपभोक्ता समितिलाई जसवीर रावतले लिएको तीनलाख पेश्कीको श्रोत भर्ना गर्ने सर्तमा उक्त खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता हुन लागेको एलडीओ पण्डितले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप