कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु
मङ्गलबार, ०५ साउन २०७८, ०८ : ४६
ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले समाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । मृतक महिला दीर्घरोगी भएकाले कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने जिल्ला स्वासथ्य प्रमुख समुन तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण