नदीमा बगेका दुई बालिकाको अवस्था अझै अज्ञात
मङ्गलबार, ०५ साउन २०७८, १४ : २१
हिजो दिउँसो पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै पनि अज्ञात रहेको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा मगरकी सात वर्षीया छोरी शर्मिला थापा मगर नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्य जारी रहे पनि अझै भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले रातोपाटीलाई बताए ।
घरबाट बाख्रा चराउन गएका बालिका नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयवासीको भनाई रहेको प्रहरीले जनाएको छ । अहिले स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण