कुमारी आमाले सन्तान जन्माएपछि बलात्कारको घटना बाहिरियो
पाल्पाको तानसेन नगरपालिकाकी एउटी अविवाहित महिलाले सन्तान जन्माएपछि १० महिनाअघि उनी बलात्कृत भएको तथ्य प्रकाशमा आएको छ ।
अविवाहित रहेकै अवस्थामा उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन् । तर नवजात शिशु बिरामी भइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिरिएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीका अनुसार ती महिलालाई तानसेन नगरपालिकाकै ४४ वर्षीय अजुर्न विकले बलात्कार गरेका थिए । बलात्कृत महिलाले गर्भधारण गरे पनि लामो समय घटना प्रकाशमा आउन सकेको थिएन ।
बलात्कृत महिलाले सोमबार जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता त्वातीले जानकारी दिए ।
सोधखोजपछि उनले १० महिनाअघि आफू बलात्कृत भएको खुलासा गरेपछि प्रहरीले बलात्कार आरोपितलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण