बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष किन गए दिल्ली ?

बुधबार, ०६ साउन २०७८, २२ : २९
बुधबार, ०६ साउन २०७८

हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा बुधबार भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो हवाइमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् ।  पारिवारिक भेटघाटका उनी दिल्ली गएको भनिएपनि उनले सो क्रममा राजनीतिक भेटवार्ता पनि गर्ने राप्रपा स्रोतको भनाइ छ ।

राणाको ससुराली भारत हो भने उनका आफन्तहरु सत्तारुढ भारतीय जनता पार्टीमा रहेका छन् भने एक जना मन्त्री समेत रहेका छन् ।  उनी एक साता भारतमा रहेर स्वदेश फर्किने राप्रपाका एक नेताको भनाइ छ ।  राप्रपामा राणा प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका थिए भने अर्का अध्यक्ष कमल थापाले चाहिँ विघटनको समर्थन गर्दै आएका थिए । विघटन बदर भएपनि थापाले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप