राप्रपा अध्यक्ष किन गए दिल्ली ?
बुधबार, ०६ साउन २०७८, २२ : २९
१
हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा बुधबार भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो हवाइमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् । पारिवारिक भेटघाटका उनी दिल्ली गएको भनिएपनि उनले सो क्रममा राजनीतिक भेटवार्ता पनि गर्ने राप्रपा स्रोतको भनाइ छ ।
राणाको ससुराली भारत हो भने उनका आफन्तहरु सत्तारुढ भारतीय जनता पार्टीमा रहेका छन् भने एक जना मन्त्री समेत रहेका छन् । उनी एक साता भारतमा रहेर स्वदेश फर्किने राप्रपाका एक नेताको भनाइ छ । राप्रपामा राणा प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका थिए भने अर्का अध्यक्ष कमल थापाले चाहिँ विघटनको समर्थन गर्दै आएका थिए । विघटन बदर भएपनि थापाले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण