बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला
बिहीबार, ०७ साउन २०७८, १० : ३८
बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो । उक्त नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का अरिब जसगढ, सोही स्थानका बर्ष १७ का अरमान जसगढ र सदरलाईन टोल बस्ने वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।
बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण