पुष्पलाल स्मृति दिवस र ओलीको ‘आममाफी’, तस्बिरमा हेर्नुहोस्
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र बाटो बिराएकाहरूलाई मिलेर काम गर्न आग्रह गरे । नेकपा एमालेको ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरूलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणबारे माधव नेपाल पक्षका सांसदहरूले जवाफ दिनु अघि नै पार्टी अध्यक्ष ओलीले एकताका लागि सबैलाई कारबाही नगरी माफी दिने बताएका हुन् ।

ओलीले भने, ‘आउनोस् मिलेर काम गरौँ । यस आन्दोलनलाई मजबुत पारौँ । सबैलाई आग्रह गर्न चाहन्छु– एकजुट भएर जाऔँ । यस पार्टीको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु–‘एम्नेष्टि इज ग्रान्टेड’ । पदका कुरा छाडिदिऊँ । स्वार्थका कुरा छाडिदिऊँ । देशका कुरा गरौँ, जनताका कुरा गरौँ । समस्या समाधानका कुरा गरौँ । पार्टीको एकताका कुरा गरौँ । समस्या समाधानका कुरा गरौँ । बाटो बिराएका, भड्किएका साथीहरूलाई म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई सारा शक्ति लागेर पनि हटाउन नसकेपछि परमादेशको सहारामा लिएर हटाएको दाबी समेत गरे । उनले भने, “दुनियाँ लागेर हटाउन नसकेपछि परमादेशबाट हटाइयो । जनादेशबाट होइन, परमादेशबाट हटाइपनि आफ्नो पार्टी देशको सबैभन्दा ठुलो शक्ति हो । संसद्मा, प्रदेशमा र स्थानीय तह सबैमा आफ्नो पार्टी प्रमुख राजनीतिक शक्ति भएकाले देशको समृद्धिका लागि नयाँ विचार दिइनै रहनेछ ।” अध्यक्ष ओलीले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेताहरूको मार्गदर्शनमा आफ्नो पार्टी अघि बढिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
तस्बिरहरु : उत्तम पौडेल













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण