नहरमा बेपत्ता युवकको शव २४ घण्टापछि निकालियो
बिहीबार, ०७ साउन २०७८, २० : ३१
दाङको घोराही गयरसोतामा सिँचाइका लागि बनाइएको कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शव २४ घण्टापछि निकालिएको छ।
जलाशयमा पौडी खेल्ने क्रममा हिजो बुधवार बिहानदेखि बेपत्ता भएका ३१ वर्षीय लालबहादुर विष्टको शव आज बिहीवार दिउँसो साढे १ बजे सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
स्थानीयवासी र प्रहरीले शव निकाल्न नसकेपछि बाँकेको नेपालगञ्जबाट आएको गोताखोरको टोलीले युवकको शव निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण