ओलीलाई वैद्यको प्रश्न, ‘त्यही बुद्धिले रेल आउँछ ?’
एमाले अध्यक्ष ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको आरोप क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले लगाएका छन् । ‘मभन्दा बाहेक दुनियाँमा कोही छैन भन्ने देखियो । पानीजहाज, रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली भने इगो र पद प्रतिष्ठामै अड्किएको देखियो । त्यही बुद्धिले आउँछ रेल ?’ वैद्यले प्रश्न गरे ।
नेपालमा संसद्वादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट देखिएको उनले बताए । ‘केही साथीहरूले संसद् र सरकारलाई नै अन्तिम लक्ष्य ठान्नु भएको छ । उहाँहरू जनवादी क्रान्ति भइसक्यो भन्नुहुन्छ, त्यस्तो भएको भए त जनजीविकामा देखिनुप¥यो नि । अर्को, मार्क्सवाद र माओवादलाई अँगाल्ने क्रान्तिकारी साथीहरू हुनुहुन्छ । जेसुकै भएपनि देशमा धेरै कम्युनिस्ट पार्टी भएको सुहाएन । संसद्वादी धारका कम्युनिस्टहरू मिल्नुस् र सरकारमा जानुस् । हामी क्रान्तिकारी धारका कम्युनिस्टहरू पनि मिल्छौँ र सडकमा रहन्छौँ,’ उनले भने,‘तर सरकारमा गएर संसद्वादी धारका कम्युनिस्ट हरुले क्रान्तिकारीमाथि दमन नगर्नुस् । हिजो डबल नेकपाले विप्लवमाथि दमन गरेको सुहाएको थिएन । बरु हामी दुईथरीबीच जनजीविकाका विषयमा तालमेल गरौँ । तपाईंहरु संसद् र सरकार उपयोग गर्नुस्, हामी सडक उपयोग गर्छौँ । ’
उनले संसद्वादी कम्युनिस्टहरुलाई फेरि पनि मिल्न सुझाव दिए । ‘संसद्मा जाने साथीहरू एक हुनु भए हुन्छ । डबल नेकपा किन फुट्यो ?’ उनले भने,‘सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ । सकिन्न भने सरकार र सदनमा भएका कम्युनिस्टहरू र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण