पाल्पामा एक पुरुषको हिँड्दा हिँड्दै ढलेर मृत्यु
आइतबार, १० साउन २०७८, ११ : ५३
शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे घरबाट भैंसी किन्न हिँडेका थिए ।
घरबाट निस्किएको केही समयमा नै अमिले गाउँकै दोबाटो भन्ने स्थानमा पुगेपछि बाटोमा ढलेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो । गएराति उनको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण