प्रचण्डका कारणले नेकपा एक ढिक्का हुन सकेन : प्रदीप ज्ञवाली
नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डका कारणले एक ढिक्का हुन नसकेको दावी गरेका छन् । आइतबार गृह जिल्ला गुल्मीको तम्घासमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले नेकपा विघटन भइसकेको अवस्थामा आफूहरुको ध्यान एमालेलाई एकताबद्ध राख्ने भएको बताए । ‘१० बुँदको स्प्रिट के हो भने पहिलो कुरा त पार्टीलाई एकताबद्ध राख्नु पर्छ ’, उनले भने, दोश्रो, हिजो नेकपा एकीकरण हुनु भन्दा अगाडी नेकपा एमाले जहाँ थियो त्यहीँबाटै सुरु गर्नुपर्छ । त्यस सँगसँगै अर्को के कुरा पनि स्वीकार्नुपर्छ भने यस क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमाले आयो, पुर्व माओवादीका थुप्रै नेताहरु जोडिनु भयो ।’
पूर्वमाओवादीका नेताहरु एमालेमा प्रवेश गरेको नभइ प्रचण्डका कारणले एकता सम्भव नभएपछि उनीहरु एमालेलाई नै एकीकृत पार्टीको रुपमा विकास गर्नका लागि जोडिएको बताए ।
उनले नेकपा अदालतले फुटाइदिएको भन्नु गलत भएको पनि टिप्पणी गरे । उनले थपे, ‘ अदालतले नेकपा फुटाएको होइन्, उस्तै नामको नेकपा अर्कैले पहिल्यै दर्ता गरि सकेकाले अदालतले अर्को नाम फेर्नुहोस् भनेको हो , कमरेड केपी ओली र प्रचण्ड मिलेर अर्को नाम फेरेर अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेका कारण आ–आफ्नो ठाउँमा फर्किनु परेको हो । ’
अदालतले गरेको पछिल्लो फैसलाप्रति भने उनले विमति जनाए । नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यास सुरु गरेर देशमा अनपेक्षित मोड सिर्जना गरेको उनको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण