अज्ञात समूहद्वारा बसमा आगजनी
सोमबार, ११ साउन २०७८, १३ : ०२
दाङको तुलसीपुर कालाखोलामा रोकिराखेको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा गएराति बसमा आगजनी भएको बताए ।
उनले यात्रुबाहक बस ब्रेक फेल भएका कारण त्यहाँ रोकिराखेको अबस्थामा रहेको र गएराती आगजनी भएको जानकारी दिए ।
रा १ ख १८९२ नम्बरको बसमा राति २ बजेतिर आगो लगाइएको प्रहरीले जनाएको छ ।
डिएसपी अर्यालले प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको र घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण