लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति स्वीकृत गरिएको जानकारी दिए । यो रणनीति कार्यान्वयनका लागि सबै पालिकासँग समन्वय गरिने उनको भनाइ छ ।
सन् २०३० सम्म बाल विवाहको अन्त्य गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । यसैगरी आजको बैठकले प्रदेश खेलकूद नियमावली, २०७८ स्वीकृत गरेको छ । प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३२ मा प्रदेश खेलकूद परिषद्ले नियम बनाउने अधिकार भएको र सोही बमोजिम मस्यौदा गरिएको प्रदेश खेलकूद विकास नियमावली स्वीकृतका लागि शिक्षा तथा सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको थियो ।
प्रदेश खेलकूद परिषद्लाई चलायमान बनाई लुम्बिनी प्रदेशको समग्र खेलकूद क्षेत्रलाई सुुव्यवस्थित एवम् मर्यादित बनाउन तथा प्रदेश खेलकूद विकास ऐन २०७६ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली स्वीकृत गरिएको प्रवक्ता चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण