बुटवलमा बजार अनुगमन, सडेको माछामासु भेटियो
बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।
उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले मासु पसलको अनुगमन गरेको हो ।
उपप्रमुख आचार्यका अनुसार अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछामासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला परेको छ ।

उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख एवं पशु चिकित्सक झविन्द्र बञ्जाडेले बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्ज रोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमनका क्रममा सडेगलेका माछामासु पाइएको हो ।
बुटवलको सब्जीमण्डीस्थित सटरमा टोलछिमेक मै दुर्गन्ध फैलाउनेगरी मासु पसलहरु सञ्चालन भएको पाइएको छ । तिनलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण