बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने पक्राउ
बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने तीन जनालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका–४ लिवाङकी २६ वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिल स्मृति गाउँपालिका–६ गजुलका कथित धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई पक्राउ गरिएको हो ।
घटना साउन ६ गते भए पनि ढिलोगरी खबर आएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनैजनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।
कुटपिट गर्ने व्यक्ति रोल्पा नगरपालिकामै बसेर धामी झाँक्रीको काम गर्दै आएको बताइन्छ । उनीहरुले बोक्सीको आरोप लगाउँदै ती महिलालाई कोठामै गएर कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण