रूपन्देहीमा साउन मसान्तसम्म निषेधाज्ञा थप
रूपन्देही जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर थप बृद्धि भएको रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जस्तैगरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको आदेशमा खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने भनिएको छ । यस्तै सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परीक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवा सहज हुनेछन् । अन्यको हकमा पुरानै नियमलाई निरन्तरता दिइएको प्रशासनले जारी गरेको निर्देशनमा उल्लेख छ । रुपन्देहीमा बैशाख १६ गतेदेखि नै निषेधाज्ञा जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण