नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनद्वारा पदबहाली
शुक्रबार, १५ साउन २०७८, १२ : ३७
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । शुक्रबार पदबहाली गर्दै उनले सबैको सहअस्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिए ।
सरकारले गत मंगलबार दुईवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको थियो । मन्त्रिपरिषद बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रदेश प्रमुखका रुपमा शेरचनको यो दोस्रो जिम्मेवारी हो । उनले यसअघि गण्डकी प्रदेश प्रमुख भएर भूमिका निर्वाह गरिसकेका छन् ।
एमाले नेतृत्वको प्रदेश सरकार संकटमा परेको समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पदमुक्त गर्दै सीताकुमारी पौडेललाई प्रदेश प्रमुख बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण