लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ । पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो ।
सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो ।
लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै तीन जना मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका थिए ।
जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्बहाली भएका थिए । तर अहिले यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि फेरि पार्टीको निर्देशन नमानेको भन्दै कारवाही गरेको प्रदेश सभामा पत्र पठाएको छ । सोही आधारमा आज लुम्बिनी प्रदेश सभाले कारवाही गरेको हो । तर उनीहरुको अदालतमा मुद्दा विचाराधीन नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण