लुम्बिनी प्रदेश प्रमुखको स्वागत तथा पदबहाली कार्यक्रम प्रदेश सरकारबाट ‘बहिष्कार’
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पद बहाली कार्यक्रमलाई प्रदेश सरकारका प्रतिनिधिले बहिष्कार गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका शेरचनलाई प्रदेश सरकारका तर्फबाट स्वागतसमेत गरिएन ।
प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दा माओवादी केन्द्रसहित विभिन्न दलका कार्यकर्ताको लर्को थियो । तर सो कार्यक्रममा मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरु भने उपस्थित थिएनन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीसहित मन्त्रीहरु सरकारको कामको समीक्षामा तीन दिनदेखि व्यस्त रहेकाले प्रदेश प्रमुखको स्वागतमा जान नपाएको बताए ।
रातोपाटीसँग उनले भने, ‘प्रदेश प्रमुखको स्वागतमा जानुपर्ने त हो तर सरकारको कामको समीक्षा चलिरहेका कारण जान पाइएन ।’ उल्लेखनीय छ, यसअघि पदमुक्त भएका प्रदेश प्रमुख धर्मनाथ यादवलाई भने प्रदेश सरकारका तर्फबाट बिदाइ गरिएको थियो । तर नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्न प्रदेश सरकारले बेवास्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण