जनपद प्रहरीको परीक्षामा सहभागी २ नक्कली परीक्षार्थी पक्राउ
प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी भएका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका भगवती माई गाउँपालिका (२ रुम बेस्तडाका २२ वर्षका रोशन शाही र २३ वर्षका लोबन शाही रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्जमा) सञ्चालन भएको अन्तरवार्ता परीक्षामा सहभागी हुन आएका उनीहरुलाई पक्राउ गरिएको हो ।
घर्तीले भने, ‘रोशन शाही दर्ता नं. ४९१७१ का उम्मेदवार हुन् । अन्तरवार्ता दिने क्रममा उनले शंकास्पद कुराहरु गरेपछि लेख्न पठाउँदा उनलाई लेख्न आएन।’ त्यसपछि सोधपुछ गर्दा उनले ०७७ फागुन १२ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा लोबनलाई एक लाख रकम दिएर आफु पास भएको बताए ।
त्यतिबेला लोबनले नै उनको परीक्षा दिएको खुलेको छ । डिएसपी घर्तीका अनुसार दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण