विवाहको एक वर्षमा नै मियाको 'डिभोर्स'
पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् ।
सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह भएको एक वर्ष मात्रै पुगेको छ । मिया र रोबर्टको विवाह लामो समय टिक्न पाएन । मियाले सम्बन्धलाई टिकाउन भरपुर कोसिस गरेको समेत खुलाएकी छन् ।
मियाले लेखेकी छन्, ‘हामी पूरै आत्मविश्वासका साथ भन्छौँ कि हामीले विवाहलाई सफल बनाउन धेरै कोसिस गर्यौँ । तर एक वर्षसम्म कोसिस गर्दा पनि हामीले सम्बन्धलाई बलियो बनाउन नसकेपछि छुट्टिने निर्णयमा पुगेका हौँ ।’
‘हामीले एक अर्कालाई सधैँ माया र प्रेम गर्यौँ । साना तिना खटपटले हामीलाई अलग बनाउन त सक्दैन थियो । तर सम्बन्धमा यस्तो मोड आयो जसलाई हामीले सुल्झाउन सकेनौँ ।’
मियाको गरेको पोस्ट्मा रोबर्ट र मिया दुवैले प्रतिक्रिया जनाउन नमिल्ने बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण