बर्दियामा फरार ३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतको विसं २०७२ चैत ९ गतेको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जनही रु पाँच हजार जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
त्यस्तै जिल्ला अदालतको २०७७ पुस १५ गतेको आदेशले सवारी ज्यान मुद्दामा दुई महिना चार दिन कैद सजाय तोकिएपछि फरार रहेका बारबर्दिया नगरपालिका–८ का २७ वर्षीया सुमन चौधरीलाई पक्राउ गरिएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण