विदेशबाट फर्केर नेपालमै मनग्य आम्दानी
२०६५ देखि २०७३ सालसम्म वैदेशिक रोजगारीका लागि भौतारिएका एक युवक अहिले गाउँकै माटोबाट मासिक ४५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–४, ढाँडा गाउँका ३० वर्षीय देवबहादुर घर्तीले गाउँमै कृषि र पशुपन्छी पालनबाट मनग्गे आम्दानी लिन थालेका हुन् ।
वैदेशिक रोजगारीका लागि २०६५ सालमा मलेशिया पुगेका उनी २०६९ साल नेपाल फर्किए । त्यसपछि कतार गएका उनी २०७३ सालमा नेपाल फर्किएपछि भने गाउँमै केही गर्ने योजना बनाए ।
सोही अनुसार मुसिकोट नगरपालिका– १, पौदीअमराईको ठुलो पहिरो भन्ने स्थानमा बृहत कृषि पशुपालन फार्म सञ्चालन गरेका उनले अहिले वैदेशिक रोजगारीबाट हुने आम्दानीको तुलनामा मासिक डेढ गुना बढी रकम गाउँघरमै बसेर कमाउन थालेका हुन् ।
८ रोपनी जग्गा भाडामा लिएर उनले सुरुमा टिमुर र कागती खेती सुरु गरे । अर्को ११ रोपनी क्षेत्रफलमा उनले माछा र कुखुरा पालन र तरकारी खेती खेतीसमेत गरेका उनले आफूलाई अग्रणी कृषकका रुपमा स्थापित गरेका छन् ।
चार लाख लगानीमा २०७४ सालमा दीपशिखा कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर कृषि क्षेत्रमा हात हालेका उनले ४ वर्षको अवधिमा साढे २३ लाख रुपैयाँको पूँजी बनाएका छन् ।
‘विदेशमा छँदा मासिक ३० हजार रुपैयाँ बचाउँथे, अहिले गाउँमा कृषि र पशुपन्छी पालनबाट मासिक ४५ हजार कमाउँछु,’ उनले भने, ‘अबको तीन वर्षमा सबै खर्च कटाएर मासिक १ लाख १० हजार कमाउने लक्ष्य लिएको छु ।’
हालै उनी मुसिकोट नगरपालिकाबाट सर्वोत्कृष्ट कृषक घोषित भई पुरस्कृतसमेत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण