एटिएम तोडफोडमा संलग्न २ युवक पक्राउ
आइतबार, १७ साउन २०७८, १४ : ५३
बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ मंलेरीका १८ बर्षीय सुवास बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल पक्राउ परेको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरेपनि पैसा झिक्न र लैजान भने नसकेको प्रहरीले जनाएको छ ।
त्यसपछि फरार रहँदै आएका उनीहरुलाई प्रहरीले साउन १६ गते घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण