पाल्पामा तीन फरार प्रतिवादी पक्राउ
आइतबार, १७ साउन २०७८, १९ : ३६
जिल्ला प्रहरी कार्यालय पाल्पाले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको छ । प्रहरीका अनुसार रामपुर नगरपालिका–३ का ५० वर्षीय खगनाथ न्यौपाने, रम्भा गाउँपालिका–१ का ४९ बर्षीय कृष्ण प्रसाद पाठक र नस्दी गाउँपालिका–१ का ६० वर्षीय वीरबहादुर पुलामीलाई अदालतमा पेश गरिएको हो ।
न्यौपानेलाई बैकिङ्ग कसुर मुदमा ७ लाख ३० हजार जरिवाना बुझाउन बाँकी रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाठक बहुविवाह मुद्दामा एक बर्ष ३ महिना कैद सजाय भई फरार रहेका थिए भने पुलामी जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय फैसलापछि फरार रहेका थिए । उनीहरु तीनैजनालाई अदालत पेश गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण