नातेदार र चिनजानेका व्यक्तिबाट महिला हिंसाका घटना बढे
आफन्त तथा चिनजानकै मानिसहरूका कारण महिलाहरू विभिन्न हिंसाको सिकार भएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कलाई आधार मान्ने हो भने अधिकांश महिलाहरु घरेलु हिंसाबाट पीडित छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) दाङको तथ्याङ्कले त्यो कुरा देखाएको हो ।
ओरेक दाङकी जिल्ला संयोजक ईश्वरी थापाले बितेको आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न खाले १ सय ९ वटा हिंसाका घटनाहरु भएको जानकारी दिइन् ।
जसमा धेरैजसो घरेलु हिंसा (कुटपिट, गालिगलौज, चारित्रिक आरोप, स्रोत सुविधाबाट बच्चित ) का घटनाहरु ७५ वटा रहेका छन् । तर, गत वर्षको तुलनामा यो संख्या कम भएको थापाले बताइन् । ओरेकमा आर्थिक वर्ष २०७६÷०७७ मा १ सय २५ वटा हिंसाका घटनाहरु दर्ता भएका थिए । जसमध्ये सबै भन्दा धेरै ९० वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका थिए ।
२०७७÷०७८ मा सामाजिक हिंसा (गाली गलौज, कुटपिट) का १५ वटा ,जवरजस्ती करणीका १० वटा, बाल बिवाहका ३ वटा, यौन दुव्यवहारका २ वटा, आत्महत्याका २ वटा, जवरजस्ती करणी प्रयास सम्बन्धी एउटा र अन्य एउटा गरि ओरेकमा १ सय ९ वटा हिंसाका घटनाहरु दर्ता भएको तथ्याङ्क छ ।
पीडित महिलालाई ओरेकले न्यायिक निकाससम्म पुग्नका लागि आवश्यक सहयोग सँगै जोखिममा परेका महिलाहरुलाई सुरक्षा आवास गृहमा राखेर परामर्श गर्दै आएको संयोजक थापाले जानकारी दिइन् ।
ओरेकको तथ्याङ्कमा ६ वर्ष देखि ६० वर्ष माथि उमेर समुहका महिलाहरु बढी हिंसामा पर्ने गरेको उल्लेख छ ।
महिला हिंसा विरुद्ध र लैङ्गिक समानताका लागि निरन्तर गाउँ – गाउँसम्म पुगेर सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको भएपनि समाजमा रहेको पितृसत्तात्मक सोच, लैङ्गिक असमानता, अन्धविश्वास, अशिक्षा, यौन असन्तोष र दाईजो जस्ता कारणले हिंसाका घटना हुने गरेको थापाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण