सिद्धबाबामा पहिरो खस्दा सह चालकको मृत्यु
सोमबार, १८ साउन २०७८, २१ : ५८
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबावामा पहिरोले जिप पुर्दा एकजनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो जिप माथि खसेको पहिरोमा परेर स्याङ्जा वालिङ नगरपालिकाका २३ बर्षीय आशिष खाँण ठकुरीको मृत्यु भएको हो । पहिरोले पुरिएका खाँणको लुम्बिनी प्रदेशिक अस्पताल बुटवल ल्याउनासाथ साथ मृत्यु भएको लुम्बिनी प्रदेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
साँझ ८ बजेतिर भएको घटनामा चालक डिलु थापा सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । पहिरो खसेपछि केहीबेर सडक अवरूद्ध समेत भएको थियो । यो क्षेत्रमा पटक–पटक पहिरोका कारण सडक अवरुद्ध हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण