प्रतिपक्ष सांसद किनबेच गरेर सत्ता हत्याउने खेलमा लाग्यो : ढकाल
लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् ।
रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए ।
त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सरकारबाट मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने बाटोमा १६८(१ं) अनुसार पुनःपोख्रेललाई मुख्यमन्त्रीमा नियुक्ती भएको बताए । सरकार गठनका लागी हामीसँग बहुमतको संख्या रहेको दाबी गर्दै विश्वासको मत लिने बताए ।
त्यस्तै साक्षात्कारमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकुरुद्दीन खाँनले सत्तापक्षले जालझेल गरी सत्ताको आयु बढाउने र अराजक फैलाउने काम गरेको आरोप लगाए । सत्तापक्षले सांसद विमला ओलीलाई बन्धक बनाएर राखेको जिकिर गर्दै ओलीको जीवन रक्षाको माग गरे । उनले विपक्षी गठबन्धनमा बहुमत हुँदा हुदै पनि जर्बजस्ती ढङ्गले मुख्यमन्त्रीले सपथ खाने काम काम गरे यसले संसदीय परिपाटीको नै खिल्ली उडाएको बताए ।
त्यस्तै साक्षात्कार कार्यक्रममा बल्दै जनता समाजवादी पार्टी जसपा दलका नेता रामसहाय यादवले अल्पमतमा रहेको सरकारले विश्वासको मत लिन डराएर, संसदबाट भागेको आरोप लगाए । यादवले सत्ताको दम्भमा सांसदलाई प्रलोभनमा पारी विभाजित गर्ने काम गरेको बताए ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले मुलुकका अन्य संसदीय अभ्यासमा कहीँ नभएको गलत कार्य गर्दै नैतिकता आधारमा सरकारले निकास दिनुपर्ने जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण