सिनामंगलबाट १ किलो ८६६ ग्राम सुनसहित ३ जना पक्राउ
बुधबार, २० साउन २०७८, २० : ०९
काठमाडौंको सिनामंगलबाट प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ स्थित सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट सुनसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २४ वर्षीय प्यार मोहम्मद, २७ वर्षीय साकिर अली र २८ वर्षका अब्दुल सतार छन् । गेस्ट हाउसको २०२ नम्बरको कोठामा बसेका भारतीय युवाहरु विदेशबाट भरियामार्फत आएको सुन संकलन गर्ने समूहका सदस्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई विदेशबाट सुन कारोबारीले पठाएको सिल्भर रंगको पोलिस गरेको सुन उनीहरुले संकलन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण