प्रहरी देखेपछि स्कुटर छाडेर भाग्ने ३ जना पेस्तोल र खुकुरीसहित पक्राउ
बुधबार, २० साउन २०७८, २० : ४५
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय विपिन मगर उर्फ विकेश, २५ वर्षीय मन्दिप थापा र १९ वर्षका सुजन मगर छन् । स्कुटरमा सवार उनीहरुको साथबाट १ थान पेस्तोल, म्यागाजिन र पाँच राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले विकेश मगरको झोलाबाट २ थान खुकुरी र गाँजा पनि बरामद गरेको छ । आरोपीहरुबारे महारागञ्ज वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
उनीहरु प्रहरी चेकजाँच देखेपछि चलाइरहेको स्कुटर सडकमै छाडेर भागेका थिए । प्रहरी टोलीले पिछा पर्दै गएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण