गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
बिहीबार, २१ साउन २०७८, १० : ३०
गुल्मीमा गएराती ट्याक्टर दुर्घटनामा परेर चालकको ज्यान गएको छ । सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो । जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर सडकदेखि १५ ÷२० मिटर तल खसेको, थियो । चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
त्यस्तै बुधबार दिउँसो सोही गाउँपालिका ४ ढाँडागैरा भन्ने स्थानमा लु २ च १४६८ नम्वरको जिप दुर्घटना हुँदा ५ जना सामन्य घाईते भएको डिएसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण