सांसद विमलाको दावी– शौचालयको चप्पल लगाएर मुख्यमन्त्री निवासबाट भागेँ
लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली)ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई पाँच दिनसम्म बन्दी बनाइएको खुलासा गर्दै त्यहाँबाट उम्किन सफल भएको घटना पत्रकार सम्मेलनमार्फत दावी गरेकी छन् ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई साउन १५ गते अपहरण शैलीमा बुटवल ल्याइएको र मुख्यमन्त्री निवासमै बन्दी बनाएर राखिएको बताइन् । उनले साउन २० गतेमात्र आफू त्यहाँबाट भाग्न सफल भएको बताइन् ।
साउन २० गते दिनको करिब पौने १२ बजे सबै आराम गरिरहेको मौका छोपेर आफू मुख्यमन्त्री निवासबाट भागेको उनको भनाइ छ ।
‘दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ,’ उनले प्रेस विज्ञप्तिमा भनेकी छन्, ‘जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरेँ ।’
आफू त्यतिबेला मानसिक रुपमा निकै थकित भएको हुनाले साउन २० गते नै सार्वजनिक हुन नसकेको उनले बताइन् ।
‘राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नुप¥यो,’ उनले भनिन्, ‘नेकपा एमालेले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइनँ ।’
उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको र सो पार्टीप्रति नै पूर्ण प्रतिबद्ध रहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण