छाडा चौपाया नेपालगञ्जका लागि ठूलो चुनौती बन्दै
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका लागि छाडा पशुचौपाया ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको सङ्ख्यामा भेट्न सकिन्छ ।
झण्डै दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यसबखत देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरी चौपाया थुन्ने गरेको छ । तथापि, बजारमा छाडिने छाडा चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य भने हुन सकेको छैन ।
नेपालगञ्जको फुलटेक्रामा सानो आकारको कान्जी हाउसमा सबै छाडा चाौपाया नअट्ने भएपछि पुरैनको खाली जग्गामा खुलारुपमा छाडा चौपाया थुन्ने गरिएको नगर प्रमुख डा.धवलशम्शेर राणाको भनाइ छ तर, यति गर्दा पनि आफ्नो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । “हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?” नगर प्रमुख राणाको प्रश्न छ ।
नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । वर्षात् शुरु हुने समयमा खच्चर कारोवारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ ।
छाडा चौपायाकै कारण नेपालगञ्जमा धेरै सवारी दुर्घटना पनि बढिरहेको छ । गत आर्थिक वर्षमा मानवीय क्षति नभए पनि १० वटा पशु चौपायाको ज्यान सडक दुर्घटनामा गएको प्रहरीले जनाएको छ । सडक दुर्घटनाबाट जोगिने उपाय अहिले ट्राफिक प्रहरीले खोजेको छ । ट्राफिक प्रहरीले छाडा पशुचौपायामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्यको शुरुआत आजबाट थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख राजु भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण