भारतमा ४४ हजार नयाँ सङ्क्रमित थपिए
भारतका कोरोनाभाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका संक्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितको १: ३० प्रतिशत भएको पनि जनाइएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको सङ्ख्याभन्दा थप सङ्क्रमितको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा वृद्धि भएको छ ।
भारतमा अहिले सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार लाख २६ हजार ७५४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये ४६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५९५ भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण