भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका– ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका– २ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
योसँगै कोरोना सङ्क्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ । जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ ।
सङ्क्रमण दर बढ्दै गएपछि प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनः सचेत पारेको छ । परीक्षणको नतिजाबाट सङ्क्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्व सावधानी अपनाई सङ्क्रमण दर शून्यमा झार्न सबैको अहम् जिम्मेवारी र भूमिका रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाड जन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण