भन्सार छलि गरेर ल्याएको सामानसहित २ जना पक्राउ
भारतसँग जोडिएको दाङको कोइलाबास नाकाबाट अवैध रूपमा भन्सार छलि गरेर ल्याएको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप(महानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी २८ वर्षीय नरबहादुर पुन र लमही नगरपालिका वडा नम्बर रातो डाँडा निवासी ३० वर्षीय प्रदिप खत्री रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
शुक्रबार बेलुका करिब ३ बजे दाङ गढवा गाँउपालिका ८ कोइलाबास नाकास्थित चिहान डाँडा भारतबाट अवैध रुपमा भन्सार छलि गरी सामान ल्याउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र सीमा प्रहरी चौकी कोइलाबासबाट खटिएको टोलीले संयुक्त रूपमा खानतलासी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूको साथबाट प्लाष्टिकको सेतो बोरामा प्याक गरेको जुत्ता–१६६ जोर जुत्ता बरामद गरिएको एसपी काफ्लेले जानकारी दिए । पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण