संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान : लुम्बिनी प्रदेश प्रमुख
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानले दिएको प्रावधान अनुसार नै आफूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको बताएका छन् ।
रिपोर्टर्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले संविधान भन्दामाथि केही पनि नहुने भएकोले आफु संविधानको पालनकर्ता मात्र भएको बताए ।
उनले संविधानले आफूलाई कुनै पनि राजनीतिक पार्टीको नभनेकाले सोही अनुसार बुझ्न र व्यवहार आग्रह गर्दै विशेष अधिवेशन संविधान अनुसार नै आह्वान भएको जिकिर गरे ।
उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न विपक्षी दलहरु आफूकहाँ आएपनि तत्काल अधिवेशन आह्वान नगरी सरकार पक्षसँग छलफल गरेर मात्र आह्वान गरेको बताए ।
प्रदेश प्रमुख शेरचनले सकभर विना विवाद लुम्बिनी देखिएका जटिलताहरू हल गर्ने स्पष्ट पार्दै त्यसो हुन नसकेमा एउटा प्रकृया जाने बताए । उनले भने, ‘म अहिले कसैको पक्षको छैन,कुनै दलको पनि होइन मलाई संविधानले दिएको भुमिका निर्वाह मेरो दायित्व हो । त्यसकारण विधी र प्रकृया भन्दा बाहिर केही काम हुँदैन ।’
उनले आफु भष्टाचारको विरोध गर्ने व्यक्ति भएको उल्लेख गर्दै भष्टाचार अन्त्य गर्नको लागि सबैको सहयोग चाहिने बताए ।
उनले आफु स्वास्थ्यमन्त्री हुँदा घरमै रकम ल्याएर दिने व्यक्तिलाई कारवाही गरेको स्मरण गर्दै भष्टाचार रोक्ने दायित्व सवैको रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण