शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खोलामा नुहाउन गएका एक जना मृतावस्थामा फेला

सोमबार, २५ साउन २०७८, १९ : ५२
सोमबार, २५ साउन २०७८

 खोलामा नुहाउन गएका दाङका एकजना मृत अबस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी ४५ बर्षिय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले दिएको जानकारी अनुसार घर नजिकै खोलामा गएराति नुहाउन गएका  चौधरीको राती नै शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी मुकुन्द प्रसाद रिजालले नुहाउने क्रममा पातुखोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक चौधरीको शवलाई पोष्टमार्टम पछि मृतकका  आफन्तले बुझी सकेका छन् । घटनाको बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप