शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिद्धबाबामा ढुङ्गा खसेर लाग्दा स्कर्पियो तिनाउ नदीमा

मङ्गलबार, २६ साउन २०७८, १२ : ३२
मङ्गलबार, २६ साउन २०७८

बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले लाग्दा स्कर्पियो तिनाउ नदीमा खसेको छ ।  पाल्पाबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कर्पियोलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा उछिटिएर तल तिनाउमा पुगेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले घटनामा ४ जना घाइते भएको  जानकारी दिए । स्कोर्पियो दुर्घटनामा पाल्पा तिनाउ गाउँपालिका–३ झुम्साका बाबुराम पाण्डेय गम्भीर घाइते भएका छन्। झुम्सा कै विनोद पाण्डे, अमित बस्याल र गङ्गा दराई घाइते भएका छन् । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप