चितुवाको छालासहित पाल्पाबाट २ जना पक्राउ
मङ्गलबार, २६ साउन २०७८, १८ : २३
पाल्पा प्रहरी चितुवाको छाला सहित २ जनालाई आज पक्राउ गरेको छ ।
प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र हार्थोक प्रहरीको समन्वयमा चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रिब्दीकोट ५ देउराली कुशुमखोलामा चितुवाको छाला कारोवार सम्बन्धि विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले बताए ।
मुझुङ्गबाट तानसेनतर्फ आउँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवारी उनीहरु रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण