सत्ता पक्षको अनुपस्थितिमै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस
बुधबार, २७ साउन २०७८, १३ : ३०
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।
बैठकमा सत्ता पक्षका सांसद उपस्थित छैनन् । बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए ।
आफूहरुले पटक-पटक मुख्यमन्त्रीलाई ‘तपाई अल्पमतमा हुनुहुन्छ, विश्वासको मत लिएर देखाउनुस्’ भनेर आग्रह गरेको तर अटेर गर्दै वैशाख यता संविधान र कानुनको ठाडो उल्लंघन गरेर सरकारको नेतृत्व गर्दै आएको उनले बताए ।
मुख्यमन्त्री पोखरेलले केहीबेरअघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण