लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाका लागि स्थगित
बुधबार, २७ साउन २०७८, १३ : ५५
लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित भएको छ । प्रदेशसभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अविश्वास प्रस्तावबारे छलफल जारी रहेको र अविश्वास प्रस्तावमाथि सदस्यहरुले धारणा राख्ने क्रम सकिएसँगै बैठक पौने ३ बजे बस्ने गरी १ घण्टाका लागि स्थगित गरिएको हो ।
त्यसपछि बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सदनमा उठेका प्रश्नबारे जवाफ दिनेछन् । यसअघि प्रदेशसभामा सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गरेका थिए भने सोमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । सत्तारुढ दलका सांसद भने प्रदेशसभामा उपस्थित भएनन् ।
प्रदेशसभा बैठक सुरु हुनुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भएपनि प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरेको पत्र प्रदेशसभामा पठाइसकेकाले अविश्वास प्रस्तावमाथि छलफल जारी रहेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण