डाँका मुद्दामा फरार युवक पक्राउ
बुधबार, २७ साउन २०७८, २० : ५३
डाँका मुद्दामा फरार युवकलाई प्रहरीले काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–११ घर भएका २४ वर्षीय अर्जुन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
जिल्ला अदालत काठमाडौंले अर्जुन विरुद्ध २०७३ जेठ २४ मा ११ महिना ८ दिन कैद र २ लाख ६७ हजार जरिवाना हुने फैसला गरेको थियो । सहकारी संस्था, विभिन्न मानिसका घर र डेरा कोठाबाट धनमाल डाँका गर्ने अर्जुन विरुद्ध प्रहरीले डाँका मुद्दामा अनुसन्धान गरेको थियो ।
उनी सहितले विभिन्न समयमा विनोद भण्डारी, मोहनकाजी श्रेष्ठ र माधव पन्तको घरमा गएर नकवजनी चोरीमा गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण